माङसेबुङ ५ को सार्वजनिक सुनुवाई कार्यक्रम - Mangsebung News
  • मङ्गलबार, असार ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ ५ को सार्वजनिक सुनुवाई कार्यक्रम


माङसेबुङ । माङसेबुङ गाउँपालिका वडा न. ५ को सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिकाको आयोजनामा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामले सहजीकरण गरेको चालू आर्थिक वर्षको वडा न. ५ को सार्वजनिक सुनुवाई कार्यक्रम सोहि वडाको भालुटार बुधबारे हटियामा सम्पन्न भएको हो ।

गाउँपालिका/वडाबाट प्रदान गरीने सेवाको बारेमा सेवाग्राहीले उठाएका प्रश्नहरूमा वडाको तर्फबाट वडाअध्यक्ष नरेन्द्र कुमार राई र गाउँपालिकाको तर्फबाट पालिकाका प्रतिनिधि हिमाल खनालले जवाफ दिएका थिए ।

गाउँपालिका/वडाबाट प्रदान गरीने सेवामा सेवाग्राहीले उठाएका प्रश्नहरूमा स्पष्टता ल्याउने, नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्ने एवम् जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने उद्देश्यले संचालन भएको कार्यक्रममा सयौंको हारहारीमा सेवाग्राहीहरुको सहभागिता रहेकोमा सहभागी सेवाग्राही मध्येका ८ जनाले वडा र पालिकामाथि प्रश्नहरु तथा सुझावहरु राखेका थिए ।

नागरिक प्रतिवेदन पत्र लर्फ बुद्धिजीवी, समाजसेबी, महिला, राजनीतिककमीर्, नागरिक अगुवा सबैलाई समेटेर ३० जनालाई ४८ वटा नमुना प्रश्न सोधपुछ गरिएको थियोे । यसैगरि बहिर्गमन अभिमत तर्फ वडाबाट सेवा लिदै फर्किएका सेवाग्राहीहरु ३२ जनामा ६ वटा ६ प्रकारको नमुना प्रश्नहरु सोधपुछ गरेको थियो । जस्मा १३ जना पुरुष १९ जना महिलाले अभिमत पेश गरेका थिए ।

नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा, सेवा प्रवाहका सम्बन्धमा प्राप्त जनगुनासो र सुझावको विवरण सहितको प्रतिबेदन सहजकर्ता बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामका सञ्चालक राम कुमार लिम्बूले प्रस्तुत गरे ।

यस्तै टिप्पणीकर्ताहरु वडा सचीव सुनिल सेर्मा, वडा प्राबिधिक बिपिन श्रेष्ठ, बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामका प्रतिनिधि अतीत योङहाङ रहेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने उदेश्यले सञ्चालन गरिएको कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माङसेबुङबाट भएको थियो ।

सबै वडामा सञ्चालन हुने सार्वजनिक सुनुवाई कार्यक्रम माङ्सेबुङ ५ बाट सुरु भएको हो । माङसेबुङ ५ का वडा अध्यक्ष नरेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुवात अतित योङहाङले गरे ।

सम्बन्धित खवर