कियाचु संघीय अध्यक्षमा प्रेम येक्तेन - Mangsebung News
  • मङ्गलबार, असार ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु संघीय अध्यक्षमा प्रेम येक्तेन

फेदेन । लिम्बू जातीहरुको छाता संस्था किरात याक्थुङ चुम्लुङको ११ औं राष्ट्रिय महाधिवेशनले प्रेम येक्तेनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

पान्थरको सदरमुकाम फेदेनमा मंगलबार सम्पन्न भएको चुम्लुङको ११ औँ राष्ट्रिय महाधिबेशनले एकक्तेनको नेतृत्वमा ३४ सदस्यीय संघीय कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा क्रमशः कमल तिगेला, गोविन्द आङबुङ, कमला फोम्बो र चन्द्र कुमार आङ्देम्बे रहेका छन् ।

चुम्लुङको ११ औँ राष्ट्रिय महाधिबेशनबाट महासचिवमा निरन्ती तुम्बापो, उपमहासचिवमा योगेन्द्र पालुङवा, सचिवहरुमा चक्र येक्तेन, दिलकुमारी लिम्बु, भवानी विक्रम सङबाङफे, भिम प्रसाद योङहाङ र कोषाध्यक्षमा अमर तुम्याहाङ चयन भएका छन् ।

सदस्यहरुमा पान्थरबाट लक्ष्मण लाओती, कमिता तुम्वापो, मोरङ्बाट सन्तोष सेरेङ, बिमला पालुङवा, भक्तपुरबाट सीता हुक्पा चोङबाङ, काठमाडौंबाट इन्द्र कुमारी लक्सम, आइन्द्र कुमार आङ्बो, सुनसरीबाट कर्ण विक्रम लिम्बू, झापाबाट अमृत योङहाङ, चन्द्रकला सुब्बा, संखुवासभाबाट उत्तम कुमार लिङ्थेप, धनकुटाबाट चन्द्र सिं नेम्बाङ, इलामबाट विष्णु कुमारी तुम्बापो, तेह्रथुमबाट राज्य प्रसाद लुम्फुङ्वा, ताप्लेजुङबाट ठाकुरसिं लिम्बू रहेका छन् ।

यसरी नै लिम्बुवान प्रदेशबाट केन्द्रीय सदस्यहरुमा मनोहर लिम्बू, जीवन प्रकश सेर्मा, विवेक योेङहाङ, डा. भीम सुब्बा, इक्सा सङबाङ्फे नाल्बो, नेवा ताम्सालिङ प्रदेशबाट रेश्मा खेवाङ र कविराज आङदेम्बे निर्वाचित भएका छन् ।

सम्बन्धित खवर