बैशाकमा ऐतिहासिक त्रिशाली पुजा तथा मेला लाग्ने - Mangsebung News
  • मङ्गलबार, असार ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बैशाकमा ऐतिहासिक त्रिशाली पुजा तथा मेला लाग्ने

  • पदम सुखी सम्बाहाम्फे

यासोक । पान्थर जिल्लाको दक्षिणी भेकमा अवस्थित कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा यो बर्ष त्रिशाली मेलाको आयोजना हुने भएको छ ।

इसाइको छैटौं र नवौ शताब्दीमा राजा उवाहाङ युःमा माङका भक्त भएको र युःमा माङको आरधाना तथा उपासना गर्दै उत्तरि तिब्बतको मिथिला र दक्षिणी भारतको सिमाना सम्म राज्य बिस्तार गर्ने क्रम तीन बर्ष लागेको खुशियालीमा आफ्ना भाई भारदार र रैतिलाई भेला गराई साधा भोजनपान नै पर्वको रूपमा बिकास हुँदै आएको किरात याक्थुङ चुम्लुङका निबर्तमान केन्द्रिय सदस्य गणेश चेम्जोङ्ले बताए ।

उनका अनुसार उवाहाङ का छोरा माबोहाङले पनि यश क्षेत्रमा आफ्ना भाइभारादार सहित राजकीय बिस्तारका क्रममा शिकार गर्दा खेत्दै गरेको मृग समेत लुकाएको र शिकारमा रहेका दुई कुकुरलाई समेत अलप गराई तान बुनिरहेकी सुन्दरी युवतीको रूपमा युःमा ले राजा मावोहाङलाई दर्शन दिएको कथन छ । यश तत्य कुराले के स्पष्ट हुन्छ भने कुम्मायक कुस्सायक माङ्हिममा बलि पुजा नगर्न प्रेरित गरेको कुरा पनि चेम्जोङको भनाइ छ ।

यसैगरी १९ साल तिर रैनमुखी सम्बाहाम्फेको आङमा पनि युःमा माङ प्रकट भएकोले वहाको पाला देखि तङ्सुम तङ्नाम अर्थात त्रिशाली पुजा तथा मेला पर्वको रूपमा बिकास हुनुका साथै रैनमुखी नै त्रिशाली पुजाको पहिलो पुजारी समेत भएको लाल अन्जान सम्बाहाम्फेको भनाइ छ ।

तीन बर्षको अन्तरमा पुजा तथा मेलाको आयोजना हुने यश कुम्मायक र कुस्सायक माङद्वारा श्रद्धालु भक्तजनको मनोकाङक्षा पुरा हुने बिश्वास लिने गरिन्छ । कोभिड महामारीका कारण यो ऐतिहासिक पर्व तङसुम तङ्नाम त्रिशाली पुजा एवं मेलालाई प्रतिबन्ध लगाइएको भएता पनि बुधबार बसेको सर्बपक्षिय भेलाले यो बर्ष २०७९ सालको बैशाख २, ३ र ४ गते पुजा तथा मेला सञ्चालन गर्ने निर्णय भएको वडाअध्यक्ष देबेन्द्र कुमार लावतिले बताएका छ्न ।

सोही भेलाले लावतीकै अध्यक्षतामा ३५ सदस्यीय पुजा तथा मेला सञ्चालन मुल समारोह समिति गठन भएको छ भने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको पनि ९ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ ।

सम्बन्धित खवर