नालीफूङवा थुम पान्जुम्भो मोरङको अध्यक्षमा पुनः लङवा निर्वाचित - Mangsebung News
  • मङ्गलबार, असार ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफूङवा थुम पान्जुम्भो मोरङको अध्यक्षमा पुनः लङवा निर्वाचित

लेटाङ । किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो मोरङको अध्यक्षमा पुनः आकाश लङवा निर्वाचित भएका छन् । मोरङको लेटाङस्थित किरात माङहिममा शुक्रबार सम्पन्न पान्जुम्भोको पाँचौं सम्मेलनबाट लङवा पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै समितिको उपाध्यक्षमा रुपराज खजुम, संगीता आङदेम्बे, सचिवमा लक्ष्मी चवेगू, सह सचिवमा समिर चेम्जोङ, कोषाध्यक्षमा धनकुमार वजी र सह कोषाध्यक्षमा सुमन वालिङ राई सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी क्रमशः सदस्यहरुमा डम्बर तुम्बापो, सेमी तुम्बापो, धिरन लाओती, रेनुका इवाहाङ, सुरज सिंगक, सुमी चेम्जोङ, भगिता वजी, विमुख इवाहाङ, तुलकहाङ चेम्जोङ, नविन वजी, गीता तुम्बापो, आशा थेगिम र दिपेश राई निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष शंकर केरुङ, विशेष अतिथि रात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति मोरङका अध्यक्ष रामभक्त कुरुम्बाङ, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, लेटाङ क्याम्पसका प्रमुख वीरेन्द्र वनेम रहनु भएको थियो ।

किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो मोरङले सञ्चालन गरिरहेको नालीफूङवा अक्षयकोष स्थापनार्थ सहयोग गर्ने महानुभावहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो मोरङका भूपू अध्यक्ष पूर्ण बाजि, स्थानीय समाजसेवी भुवानीप्रसाद माखिम, साङदाङगेन वरुमसाबा संगम थेबे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो मोरङका अध्यक्ष आकाश लङवाको अध्यक्षतामा सम्पन्न सम्मेलन सचिव गगन लिङदमले सञ्चालन गरेका थिए । भने, स्वागत मन्तव्य उपाध्यक्ष कल्पना चबेगुले राखेकी थिए ।

यसअघि विहिवार साँझ मोरङको लेटाङ स्थित किरात हाङसाम माङहिमको प्राङगणमा लोकप्रिय कलाकारहरुको उपस्थितिमा समाजसेवी तथा ब्यवसायी युवा ब्यक्तित्व त्रिभुवन लुङ्फुङ्वा लिम्बुको प्रमुख आतिथ्यमा सांस्कृतिक साँझ सम्पन्न भएको थियो ।

किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो मोरङको पाचौ ऐतिहासिक जील्ला सम्मेलन तथा नालीफुङवा अक्षयकोष मोरङ सहयोग संकलनको लागि आयोजित सांस्कृतिक कार्यक्रममा द भ्वाईस अफ किड्स नेपालका फाईनलिष्ट रुक्साना लिम्बू, पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ का विजेता तथा माङसेबुङ इकला बिजेता चोत्लुङहाङ केदेम लिम्बू, गायक राज लाबुङ, संगम थेबे, पुष्पहाङ किराती, निर्देशक तथा कलाकार अनिसहाङ लाओती, राजु पङ्धाक साथै नालीफुङवा कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।

 

सम्बन्धित खवर