माङ्सेवासाबा पान्जुम्भोद्वारा आङदेम्बे सम्मानित - Mangsebung News
  • मङ्गलबार, असार ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेवासाबा पान्जुम्भोद्वारा आङदेम्बे सम्मानित

  • योगेश लावती

माङसेबुङ । किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको २४ औं स्थापना दिवस तथा बार्षिक चोमेन सेवाको अवसरमा इन्द्रहाङ आङ्देम्बे लाई सम्मान गरेको छ ।

माङ्सेवासाबाको २४ औं स्थापना दिवस तथा बार्षिक चोमेन सेवाको अवसरमा आज(शनिबार) बिगत देखि संगठनमा पुर्याएको सहयोग र योगदानको उच्च मुल्यांकन गर्दै साहित्यकार तथा साङदाङगेन वारुमसाबा माङ्सेबुङ ५, अमदेन, इलाम निवासी इन्द्रहाङ आङ्देम्बेलाई सम्मान गरिएको पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेनले बताए ।

आङ्देम्बेलाई कार्यक्रमका प्रमुख अतिथी किरात चोलुङ मुहिङगुम अङ्सी माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले खदा ओढाउदै नगद पाँच हजार रुपैया नगद सहित सम्मान–पत्र द्वारा सम्मान गरेका थिए ।

सम्बन्धित खवर