- योगेश लावती
माङसेबुङ । किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
किरात चोलुङ मुहिङगुम अङ्सी माङगेन्ना सेवाका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा आज(शनिबार) किरात धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङ ५ मा अवस्थित माङ्सेवासाबा पान्जुम्भोको हलमा पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशेष अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्र सिंह थेगिम, अतिथिहरु किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, माङगेन्ना सदस्य पुर्ण कार्की ढोली र किरात साम्यो हक्चात यक्चम अध्यक्ष मनकुमार आङबुहाङ लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी माङ्सेवासाबाको २४ औं स्थापना दिवस तथा बार्षिक चोमेन सेवाको अवसरमा आज(शनिबार) बिगत देखि संगठनमा पुर्याएको सहयोग र योगदानको उच्च मुल्यांकन गर्दै साहित्यकार तथा साङदाङगेन वारुमसाबा माङ्सेबुङ ५, अमदेन, इलाम निवासी इन्द्रहाङ आङ्देम्बेलाई सम्मान गरिएको पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेनले बताए ।
कार्यक्रममा किरात साम्यो माङ्सेवासाबा नेवाला अध्यक्ष हरि थोक्लिहाङ, पदम चोङबाङ लिम्बू, सम्मानित व्यक्तित्व इन्द्रहाङ आङ्देम्बे, तुम माङ्सेवासाबा मनप्रसाद थलङ लिम्बु, डा. चन्द्रकुमार सेर्मा, डकेन्द्रसिंह थेगिम र केहेरसिं योङहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको अध्यक्ष बलराम खजुमको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सन्चहाङ सङबाङफेले सञ्चालन गरेका थिए ।