कियाचु दमकद्वारा नवनिर्वाचित केन्द्रिय नेतृत्वको स्वागत तथा सम्मान - Mangsebung News
  • मङ्गलबार, असार ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु दमकद्वारा नवनिर्वाचित केन्द्रिय नेतृत्वको स्वागत तथा सम्मान

दमक । किरात याक्थुङ चुम्लुङ दमकले आफनो नवनिर्वाचित केन्द्रीय नेतृत्वको स्वागत तथा सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

आज साँझ झापाको दमक –८ मा एक कार्यक्रमको आयोजना गरि हालैमात्र सम्पन्न चुम्लुङको ११ औ महाधिबेशनबाट नवनिर्वाचित केन्द्रीय अध्यक्ष प्रेम एक्तेनसहितका नेतृत्वको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।

बधाई शुभकामना सहितको संक्षिप्त अन्तरकृयामा नवनिर्वाचित अध्यक्ष एक्तेन, उपाध्यक्ष डा. कमल तिगेला,महासचिव निरन्ती तुम्बावो लगायतले चुम्लुङलाई उद्देश्य केन्द्रीत बनाउन नयाँ नेतृत्व प्रतिवद्ध भएको जोड दिए ।

चुम्लुङ नगर अध्यक्ष देवेन्द्र राज चेम्जोङको अध्यक्षतामा भएको सो कार्यक्रममा पदाधिकारीसहित झापाबाट चुम्लुङ कन्द्रीय सदस्यमा निर्वाचित हुने इक्सा सम्बाहाम्फे, चन्द्रकला सुब्बा लगायतलाई समेत खादा ओढाएर सम्मान प्रदान गरिएको थियो ।

स्वागत तथा सम्मान कार्यक्रममा चुम्लुङ झापाका जिल्ला अध्यक्ष शेसेहाङ फियाक, सहसचिव कबिन्द्र शेर्मा, चुम्लुङ दमकका पूर्व अध्यक्ष गुमानसिंह सम्बाहाम्फे लगायतको समेत उपस्थिति रहेको

आजनै नवनिर्वाचित समितिलाई जिल्लाको कन्काइ नगर शाखाले पनि स्वागत सम्मान सहित बधाई शुभकामनाको समेत आयोजना गरेको थियो ।

सम्बन्धित खवर