प्रमुख प्रशासकीय अधिकृतलाई कार्यपालिका र जनप्रतिनिधि द्वारा स्वागत - Mangsebung News
  • मङ्गलबार, असार ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रमुख प्रशासकीय अधिकृतलाई कार्यपालिका र जनप्रतिनिधि द्वारा स्वागत

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । कुम्मायक गाउँपालिकाको कार्यलयमा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सुवेदी र लेखा शाखा प्रमुख सन्तोष राईलाई कार्यपालिकाका सदस्य र जनप्रतिनिधि द्वारा बिहिबार स्वागत गरिएको छ ।

गत फागुन १० गते गाउँपालिकाको कार्यलयका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी र लेखा शाखा प्रमुख अनिल दुलाल गरि दुई कर्मचारी सरुवा भएपछि रिक्त पदपूर्तिका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट खटिएका सुवेदी यो छैटौं पटकको प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका हुन भने जिल्ला समन्वय समिति सङ्ग आवद्ध रहि लेखा शाखामा नियुक्ति भएर आएका सन्तोष राई रहेका छन ।

यश अघि सुवेदीले सहायक स्तरमा काम गरेको र बिचमा बढुवा भएर प्रशासन सम्बन्धि स्थानीय तहको प्रमुख भएर कुशल जिम्मेवारी बहन गरेको बताइएको छ । बिशेष गरेर स्वागत गर्नु महत्त्वपूर्ण नभएको तर बहिर्गमन कसरी रहन्छ त्यतातिर ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।

नागरिकको कामका लागि कति देन दिन सकिन्छ भन्ने सवालमा आफू सधै लागि पर्ने साथै जनप्रतिनिधि र कर्मचारी बिचको पनि प्रगाढ सम्बन्ध रहनु पर्ने सुवेदीको भनाइ थियो ।

कार्यक्रम गाउँपालिकाको अध्यक्ष जयबहादुर चेम्जोङ्को अध्यक्षतामा उपाध्यक्ष सीता आचार्य लगायत कार्यपालिका सदस्यहरु र पाँचवटै वडाका वडाअध्यक्षहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर