कुम्मायकको स्याबरुम्बामा बर्थिङ सेन्टरको उद्घाटन - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायकको स्याबरुम्बामा बर्थिङ सेन्टरको उद्घाटन

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । कुम्मायक गाउँपालिका अन्तर्गत वडा न, ५ स्याबरुम्बाको पिपल बोटे स्वास्थ चौकीमा बर्थिङ सेन्टरको आज उद्घघाटन गरिएको छ ।

घरमा सुत्केरी हुँदा जोखिम हुने भएकोले अकाल मृत्यु बाट बच्न प्रसुति गृहको आवस्यकता रहेको करुणा फाउन्डेसनका जिल्ला संयोजक सहजकर्ता केदार भण्डारीले बताएका छन । उक्त प्रसुती गृहको आवस्यक उपकरणहरुको व्याव्स्था भई सकेको बताइएको छ ।

उत्तः भवन निर्माणका लागि समाजसेवी टठबहादुर पाण्डेले निशुल्क जग्गा प्रदान गरेको थियो । उक्त बर्थिङ सेन्टर उद्घघाटन समारोहमा गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सुवेदी स्वास्थ शाखा प्रमुख केदार खड्का लगायत स्वास्थ कर्मी राजनीतिक दलका पार्टी प्रतिनिधि शुभेच्छुक र नागरिक समाजको समेत उपस्थिति रहेको थियो ।

सो कार्यक्रम ५ नम्बर वडा अध्यक्ष यामबहादुर बोहोराको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर