माङ सवारमा सम्पन्न हुने सेर्मा अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी पुरा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ सवारमा सम्पन्न हुने सेर्मा अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी पुरा

  • सङसेमी माङयुङ

चैत २२, कुम्मायक। किरात धर्मगुरु मुहिङगुम अङसिमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसिमामाङ साँबा पवित्रहाङमा लिङदेनको माङसवारमा सम्पन्न हुने किरात याक्थुङ पापोहाङ सेर्मा सङ्जुम्भोको चौथो महाधिवेशन तथा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको सम्पुर्ण तयारी पूरा भएको छ ।

पान्थरको कुम्मायक गाउपालिका २ लामाटार स्थित किरात याक्थुङ सेर्मा सन्जुम्भोको आयोजनामा हुने कार्यक्रममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनले स्पर्श गर्नुभएको ऐतिहासिक स्थल थेङ्गेन्चोङ कोक्मा(सुम्हात्लुङ) अवलोकन, सेर्मा तुम्याहाङ प्रतिमा अनावरण, सेर्मा संग्रहालय शिल्यान्यास, सेर्मा बंशावली बिमोचन गर्नका लगि किरात धर्मगुरु र गुरुआमाको बुधबार उक्त स्थानमा माङ सवार हुने भएको हो ।

महासम्मेलनमा पुर्व संघिय भौतीक तथा योजनामन्त्री वसन्त कुमार नेम्बाङ, १ नम्बर प्रदेश अर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो(मौसम), नेपाली कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बे, संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेता सगुन लावती, जनता समाजबादी पार्टी नेपालका नेता खगेन्द्र माखिम लगायतको उपस्थिति रहने आयोजकले जानकारी दिए ।

कार्यक्रममा किरात धर्मका सर्बोच्च संस्था किरात चोत्लुङ अङसिमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, गुरु पूर्व निजी सचिव नविन लिङदेन माङमिङसोहाङ, गुरु निजी आश्रम कृषि समितिका प्रतिनिधि लगायतको उपस्थिति रहने आयोजक समितीले जानकारी दिएका छन् ।

 

सम्बन्धित खवर