‘केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव’ इलाममा सुरु - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव’ इलाममा सुरु


इलाम । ‘केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव २०७८’ शुक्रवारदेखि इलाममा सुरु भएको छ ।

संविधान सभाका अध्यक्ष, इलामका सांसद सुवास चन्द्र नेम्वाङले महोत्सवको उद्घाटन गरेका छन् ।

झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्घा सम्मका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

इलामस्थित ठूलो टुँडिखेलमा आयोजित महोत्सव आगामी वैशाख २ सम्म सञ्चालन हुने छ । महोत्सवमा इलाम, झापा, पाँचथर र ताप्लेजुङमा उत्पादित सामाग्रीको प्रदर्शनी हुने छ । ७० वटा स्टल राखिने जनाइएकोमा महोत्सवको पहिलो दिन २५ बढी स्टलहरू राखिएको छ ।

महोत्सवमा चारै जिल्लाका ४२ वटा पालिकाहरूबिच व्यापारिक समन्वयका लागि अन्तरक्रिया समेत आयोजना हुनेछ ।

मेची कोरिडोरभित्र पर्ने इलाम, पाँचथर, झापा र ताप्लेजुङ चारै जिल्लालाई केन्द्रित गर्दै महोत्सव आयोजना गरिएको आयोजक समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीको भनाई छ ।

महोत्सवमा खाद्य परिकार, कृषि उत्पादन, कृषि पर्यटन, साहित्य, सांस्कृतिक कार्यक्रम र रमाइलो मेला रहेका छन् ।

चलचित्रसम्बन्धी विभिन्न तालिम तथा कार्यशाला आयोजना कार्यक्रम तय भएको छ । महोत्सव अवधिमा चलचित्रसम्बन्धी तालिम दिइने जनाइएको छ । महोत्सवमा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर