बिर्तामोडका बजगाईंको ट्रकको ठक्करबाट मृत्यु - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिर्तामोडका बजगाईंको ट्रकको ठक्करबाट मृत्यु

दमक । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ६ ख. ६४५५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा. १५. प ८२०२ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते बजगाईँको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्ररही प्रवक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय अनारमनीले ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खवर