कियाचु मेचीनगर अध्यक्षमा धनप्रसाद केरुङ चयन - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु मेचीनगर अध्यक्षमा धनप्रसाद केरुङ चयन

मेचीनगर । किरात याक्थुड्ं चुम्लुड्ं मेचीनगरको अध्यक्षमा धनप्रसाद केरूड्ं चयन भएका छन् ।

सोमबार चुम्लुड्ंको सभाहलमा सम्पन्न छैठौं अधिवेशनबाट केरूड्ं अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

सोमबार चयन भएका समितिको उपाध्यक्षमा बीर बहादुर वेघा, सचिव मिना इजम लिम्बू, सहसचिव राजेन्द्र इधिंगो र कोषाध्यक्षमा मिन माया लिड्ंखिम इधिड्ंगो चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा मणि कुमार लिम्बू, भूमिका लिम्बू फियाक, ओम प्रकाश खापुड्ं, भुमादेवी आड्ंदेम्बे, तिलकचन सम्बाहाम्फे, याकुमतुम्बाहाम्फे, प्रकाश कन्दड्ंवा, राज कुमार थेवे, सन्तोष साँवा, बुद्द तिगेला, प्रतिमा साम्यो, लोक बहादुर आड्ंबो, विर बहादुर लिम्बू, प्रदिप मादेन, अर्जुन इजम र मन कुमारी लिम्बू (मनिषा) रहेका छन् ।

नवनिर्वाचित समितिलाई किरात याक्थुड्ं चुम्लुड्ंका पुर्व अध्यक्ष हर्क फियाक, पुर्व जिल्ला अध्यक्ष टेक बहादुर आड्ंदेम्बे सल्लाहकार क्याप्टेन गोपिलाल लिड्ंदेन लगायतले शुभकामना दिएका थिए ।

 

सम्बन्धित खवर