दमक नगरपालिकाद्वारा दुई पत्रकार संस्थालाई सहयोग - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक नगरपालिकाद्वारा दुई पत्रकार संस्थालाई सहयोग

दमक । दमक नगरपालिकाले दुई पत्रकारका संस्थाका झापाकोे अक्षयकोषलाई सहयोग रकम प्रदान गरेको छ ।

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोष, पत्रकारिता पुरस्कार कोषलाई ५० हजार रुपैयाँ र पत्रकार मञ्च दमकले स्थापना गरेको पत्रकार अक्षयकोषलाई ५० हजार रुपैयाँ प्रदान गरेको संस्थाका अध्यक्ष मनकुमार गदालले जानकारी दिनु भयो ।

पत्रकार मञ्च दमकमा शुक्रबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष गदालले प्रेस चौतारी र पत्रकार मञ्चको कोषलाई दमक नगर पालिकाले प्रदान गरेको चेक सार्वजानिक गर्नु भयो ।

पत्रकार मञ्च दमकले लक्ष्मीवेराङ सामुदायिक बचत तथा ऋण सहकारी संस्था दमकमा अक्षयकोषको खातामा यस अघि १लाख५५ हजार १सय ६२ रुपैयाँ जम्मा भइसकेको मञ्चका उपाध्यक्ष झगेन्द्र खड्काले जानकारी दिए ।

नेपाल बहुउदेश्यीय सहकारी संस्था विर्तामोड(एनएमसी) मा प्रेस चौतारी नेपालको खातामा पत्रकार उपचार कोष र पत्रकारिता पुरस्कार कोषमा रकम जम्मा हुने क्रम चली रहेको संगठनको जिल्ला कमिटी अध्यक्ष गदालले बताए ।

सम्बन्धित खवर