निर्माणाधिन सिरिजङगा माङहिममा हेमकुमारी थक्लुङद्धारा आर्थिक सहयोग - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्माणाधिन सिरिजङगा माङहिममा हेमकुमारी थक्लुङद्धारा आर्थिक सहयोग

उर्लाबारी । त्येअङ्सी सिरिजङगा मिङ्सो माङहिम निर्माणको लागि धरान निवासी हेमकुमारी थक्लुङ लिम्बुले १ लाख १ हजार ५१ रुपैया आर्थिक सहयोग गरेको छ ।

उर्लाबारी नगरपालिका वडा नम्बर ८ अठ्याबारिमा रहेको निर्माणाधीन त्येअङ्सी सिरिजङगा मिङ्सो युमा माङ्हिम निर्माणको लागि लिम्बुले माङहिम निर्माणमा लगाइने एकथान गजुर सहित आर्थिक सहयोग गरेको हो ।

गत बैशाख २ गते सहयोग रकम माङ्हिम निर्माण स्थलमा स–परिवारको साथमा हेमकुमारी थक्लुङ लिम्बुले माङहिम ब्यवस्थापन समितिको अध्यक्ष खड्ग बहादुर थेबेलाई हस्तान्तरण गरेकी हुन् ।

त्येअङ्सी सिरिजङगा माङ्हिम निर्माणमा लिम्बुले गरेको आर्थिक सहयोगको उच्च कदर तथा प्रसंसा गर्दै समितिको तर्फबाट धन्यवाद व्यक्त गरेको छ ।

माङहिम किरात अष्टकोण शैलीमा धार्मिक तथा सांस्कृतिक रुपले निर्माण गरिने र सिरिजङगाको शालिक साथै अन्य आवश्यक भौतिक पुर्वाधारहरु सहयोगदाता दानविरहरुले समितीको नियमनुसार बनाउन सक्ने माङहिम निर्माण समितिका अध्यक्ष खड्ग थेबेले बताए ।

सम्बन्धित खवर