अध्यक्षमा बिष्णुराज र महासचिवमा अम्याङसालाई चयनगर्दै मुसाहाङ समाजको चौथो महाधिवेशन सम्पन्न - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अध्यक्षमा बिष्णुराज र महासचिवमा अम्याङसालाई चयनगर्दै मुसाहाङ समाजको चौथो महाधिवेशन सम्पन्न

मोरङ । मोरङको उर्लाबारीमा मुसाहाङ वंशको चौथो महाधिवेशन सम्पन्न भएको छ । पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदाप अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

बिहीबार र शुक्रबार दुईदिनसम्म आयोजना गरिएको महाधिवेशनले विष्णुराज मुसाहाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

नव गठित समितिको बरिष्ठ उपाध्यक्षमा हस्तबहादुर मुसाहाङ, उपाध्यक्षमा इछिङसा मुसाहाङ, महासचिवमा डिल्लीश्वर मुसाहाङ अम्याङसा, सचिवमा लक्ष्मीसुन्दर मुसाहाङ र कोषाध्यक्षमा यज्ञ बहादुर मुसाहाङ निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा हर्कबहादुर मुसाहाङ, नारायण मुसाहाङ, छविलाल मुसाहाङ, फुलकुमारी मुसाहाङ र भक्तबहादुर मुसाहाङ रहेका छन् ।

महाधिवेशनमा ताप्लेजङ, तेह्रथुम, संखुवासभा, पान्थर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भित्रका मुसाहाङ् थरीको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुसाहाङ समाज पूर्व केन्द्रीय उपाध्यक्ष सुरेन्द्र मुसाहाङ लगायत मुसाहाङ व्यक्तित्वहरुलाई ताम्रपत्रद्धारा सम्मान गरेका थिए ।

कार्यक्रममा नाल्बो समाज पूर्व उपाध्यक्ष तथा नाल्बो बंशावली सम्पादक सेसेमी से.नाल्बो,मुन्धुमविद चित्र वनेम, पाहिम समाज सदस्य तथा पाहिम बंशावली लेखक सम्पादक लोकमान पाहिम, धर्मददेवी नगरपालिका वडा नं. १ वडा सदस्य जनप्रतिनिधि नारायण मुसाहाङ, याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष भक्त बहादुर मुसाहाङ, मुसाहाङ समाज पूर्व केन्द्रीय उपाध्यक्ष सुरेन्द्र मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम मुसाहाङ समाज अध्यक्ष विष्णु राज मुसाहाङको सभाध्यक्षता, स्वागत मन्तव्य सचिव यज्ञ बहादुर मुसाहाङले राखेका थिए भने संचालन महासचिव डिल्लीश्वर मुसाहाङ अम्याङ्साले गरेका थिए ।

 

 

सम्बन्धित खवर