- पदम सुखी सम्बाहाम्फे
कुम्मायक । चुनावी मनोनयन दर्ता भएपछि कुम्मायक गाउँपालिकामा पनि चुनावी माहोल तातिदै गएको छ । रानिगाँउ, यासोक, स्याबरुम्बा र माङ्जाबुङ गरि ५ वटा वडा समेटिएको यश गाउँपालिकाको स्थानीय तहको निर्वाचनमा यसपटक विभिन्न पार्टीका जम्मा ८१ जना उम्मेदवारले निर्वाचन कार्यलयमा मनोनयन पत्र दर्ता गरेका छन ।
उक्त उम्मेदवारी दर्ता गर्नेहरुमा २८ जना महिला छन भने पुरुषको सङ्ख्या ५३ जना रहेको छ । नेपाली काङ्ग्रेस पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी साथै संघिय लोकतान्त्रिक राष्ट्रिय मन्च, नेकपा माले, नेकपा एमाले, राप्रपा र स्वतन्त्र गरि जम्मा ९ वटा राजनीतिक दलहरूले निर्वाचनमा भाग लिएको निर्वाचन अधिकृत विश्व जङ सिजापतिले बताएका छन ।
यश गाउँपालिकामा यसपटक नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी यसैगरी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी गरि जम्मा चार दलको गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छ्न भने अन्य दलहरूले कुनै पार्टी सङ्ग तालमेल नगरी एक्लै चुनाव लडिरहेका छन ।
अहिलेसम्म उम्मेदवारी दर्ता गर्नेहरूमा गठबन्धनबाट नेपाली काङ्ग्रेसका अध्यक्ष पदका लागि बम लावती र उपाध्यक्ष पदमा माओवादी केन्द्रका महेन्द्र खड्का र अन्य सदस्य रहेका छन त्यस्तै गठबन्धन बाहिरका नेकपा एमाले बाट अध्यक्ष पदमा भिम सम्बाहाम्फे र उपाध्यक्षमा सीता आचार्य रहेका छन यसैगरी राप्रपा बाट अध्यक्ष पदका लागि मदन चाम्लिङ र उपाध्यक्षमा रोशिना बोहोरा र स्वतन्त्र उम्मेदवारमा सुर्य किरण साम्पाङ राई रहेका छ्न ।
एमालेको बर्चस्व रहेको यश गाउँपालिकामा यसपटक एमाले उम्मेदवारहरुको हार र गठबन्धनका उम्मेदवारले नै बिजय हासिल गर्ने पक्का पक्की भएको मतदाताहरुको भनाइ रहेको छ ।
एमाले पार्टीले मुलुकमा चरम भ्रष्टाचारको हङ्गामा मचाएर संघियता र पहिचानको एजेन्डा साथै लोकतान्त्रिक गणतन्त्रको बेगलाइ धरापमा पारेको पनि उनीहरुको भनाइ छ ।