याक्थुङ पंधाक संघको महाचुम्लुङ झापामा सम्पन्न - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ पंधाक संघको महाचुम्लुङ झापामा सम्पन्न

दमक । याक्थुङ पंधाक संघ क्षेत्रीय समिति धनकुटा, मोरङ, सुनसरी, झापा, इलाम पान्थर र उर्लाबारी नगर समितिको आयोजनामा शिवसताक्षी –१० दोमुखा झापा नेपालमा याक्थुङ पंघाक सयङरेन महाचुम्लुङ कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा साक्मुरा वदेम्मा, कलाकार प्रेम पंधाक, वंशवलि संकलक बाल्धोज पंधाक, प्रोफेसर सुर्यप्रकाश पंधाक, प्रोफेसर पदमदेवि पंधाक, चलचित्र निर्देशक खगेन्द्र पंधाक, दिलमाया पंधाक, खेम पंधाक, सिकिमेली याक्थुङ साहित्यकार एच बी पंधाक, धनबहादुर पंधाक, मनकुमार पंधाक, डाक्टर लिवे पंधाक, अन्तराष्ट्रिय पंधाक समाज अध्यक्ष बिट्रिश गोर्खा मेगर भुवानी पंधाक, दलबहादुर पंधाक अबोद गरी जम्मा १३ जना पंधाक विशिष्ट व्यक्तिहरुको सम्मान गरीएको छ ।

गायक राजन पंधाक, बीर पंधाक, मनु पंघाक र कोरियोग्राफर दिलमाया पंधाकको प्रस्तुति रहेको थियो । अबको वंशावलीमा पंधाक माङगेन्नो चेलीहरुलाई समेट्ने छौ भनेर याक्थुङ पंधाक संघका केन्द्रिय महासचिव नारायण पंधाकले बताए । अब पंघाक दाजुभाइ दिदि बहिनीहरु एक भएर वंश उथानको बाटोमा लाग्न भारत सिलीगुरी बाट आएका क्याप्टेन कृष्ण बहादुर पंधाकले बताए ।

अब पंधाक छोरी चेलीहरुले शिक्षा, वित्तिय क्षेत्र हुदै जिवनको विविध आयामहरुमा प्रगति गर्दै पंधाक माइतीहरुको माङगेन्ने उठाउने भनेर पदमदेवी पंधाकले बताए । एकै थर भए पनि पंधाक बन्धुहरुले पंधाक, पन्धाक पौठाक पन्दाक लेख्दै आएको भेटिएको छ । अब सम्पुर्ण याक्थुङ पंधाकहरुले पंधाक थर मात्र लेख्ने, भावि सन्ततिको नाम याक्थुङ भाषामा लेख्ने । याक्थुङ भाषा बोल्न र बोलाउने घोषणा केन्द्रिय तथा प्रमुख अध्यक्ष अम्बर बहादुर पंधाकले गरे ।

कार्यक्रको स्वागत मन्तव्य याक्थुङ पंधाक संघका क्षेत्रीय समिति मोरङ सुन्सरी धन्कुटाका सचिव सुर्य प्रकाश काङसोले गरेका थिए । कार्यक्रम सन्चालन साङसेन पंधाक र लिङदेन कल्पना पंधाकले गरेका थिए भने कार्यक्रमको संयोजक याक्थुङ पंधाक संघ क्षेत्रीय समिति झापा, इलाम पान्थर अध्यक्ष तेजकुमार पंधाक, सहसंयोजक क्षेत्रीय समिति अग्नि पंधाक र नगर समिति अध्यक्ष भिम बहादुर पंधाकले गरेका थिए ।

सम्बन्धित खवर