भुपेन्द्र तुम्बाहाङफे अभिनित ‘टोड्के कुसुण्डे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्र तुम्बाहाङफे अभिनित ‘टोड्के कुसुण्डे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । छायाँकार तथा निर्देशक भूपेन्द्र तुम्बाहाङफेद्वारा अभिनित गीत ‘टोड्के कुसुण्डे’ भिडियो सार्वजनिक भएको छ ।

फिल्म निर्देशक तथा युवा नेता अशोक चेम्जोङको शव्द तथा संगीतमा चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको विल्कुलै नयाँ गीत ‘टोड्के कुसुण्डे’ थैली इन्टरटेनमेन्ट अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

निर्देशन किरण चाम्लिङ् राईको निर्देशनमा सुमन तामाङ र बोगेन्द्र याम्फूले छायाँकन, उज्वल तामाङको ड्रोन छायाँकन रहेको भिडियोमा पुष्पा लिम्बु, विष्णु मोक्तान र शर्मिला याक्सो, सुर्य तुम्सा, सुमन आङदेम्बे, पन्च लावती, चुजन आङदेम्बे, सन्ध्या लिम्बु, शेरबहादुर तुम्सा र नगेन्द्र आङदेम्बे लगायतले अभिनय गरेका छन् ।

कुन्दन राईको संगीत संयोजनमा मुन्धुम स्टुडियोमा रेकर्ड गरिएको गीतलाई बादल लिम्बुले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

मिक्लाजुङको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर