माङसेबुङ । बेमौसमी कामदारको लागि इलामको फाकफोकथुम गाउँपालिकाका ७१ जना दक्षिण कोरिया प्रस्थान गरेका छन । छनोटमा परेका ७५ जनामा ७१ जना त्रिभुवन अन्तराष्ट्रिय बिमानथल काठमाडौबाट त्यसतर्फ प्रस्थान गरेका हुन ।
गत पुस २४ गते फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच भएको सम्झौता अनुसार फाकफोकथुमबाट कोरियाकोलागि ७५ जनाको छनौटमा परेपनि ४ जनाको कागजात नपुगेकाले बिमानस्थलबाट फर्केका छन ।
अहिले उनिहरुको कागजात मिलाउने कार्य भैरहेको जानकारी दिएका छन । दुई देशका पालिकाबीच मौसमी ट्रनी कामदार कोरिया जाने सहमती भएको थियो ।