वडा सदस्य उम्मेदवारमाथि खुकुरी प्रहार - Mangsebung News
  • बिहिबार, साउन ०२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वडा सदस्य उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।

गए राति १० बजे षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

 

सम्बन्धित खवर