जेठ ३ मा राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान - Mangsebung News
  • बिहिबार, साउन ०२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जेठ ३ मा राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौँ । आगामी जेठ ३ गतेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९÷१÷२५ को सिफारिसमा सम्वत् २०७९ साल जेठ ३ गते मंगलबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

सम्बन्धित खवर