सुसाङमा स्मृति अक्षयकोष बाट पचास जना विद्यार्थीले पाए स्कुल ब्याग - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुसाङमा स्मृति अक्षयकोष बाट पचास जना विद्यार्थीले पाए स्कुल ब्याग

पाँचथर । कुम्मायक गाउपालिकाको केन्द्रमा रहेको अमृत आधारभूत बिधालय यासोकका ५० जना जेहेन्दार विद्यार्थीलाई सुसाङमा फेवदेन स्मृति अक्षयकोषले पुरस्कृत गरेको छ ।

अमृत आधारभूत बिधालयको प्राङ्गणमा आज भएको छैटौं बार्षिकी अक्षयकोष समारोहमा विद्यार्थीहरुलाइ २६ हजार ५ सय मुल्य बराबरको स्कुल ब्याग बितरण गरिएको थियो । अक्षयकोषको मुलधन हाम्रो बचत तथा ऋण सहकारी सस्थाको मुद्द्ती खातामा रहेकोे रकमले विद्यालयका निम्न आय भएका अनुशासित जेहेन्दार विद्यार्थीहरुलाइ पुरस्कार दिइएको अक्षयकोषका अध्यक्ष पदम फेवदेनले बताएका छन ।

स्वः सुसाङमा फेवदेनका बुबा अम्बर बहादुर फेवदेन र आमा देविन्द्रकुमारी शेर्मा फेवदेनका छोरी हुन । २०५८ माघ २० गते जन्मिएका सुसाङमाको २०६८ कार्तिक १२ गते उपचारका क्रममा यु,के,मा निधन भएको थियो । १० बर्षको कलिलो उमेरमा निधन भएकी सुसाङमा अमृत आधारभूत बिधालयमा पनि अध्यन गरेको र यस बिधालयका बिद्यार्थीहरुको पढाइमा थप क्षमता बिकास होस भन्ने उद्देश्य रहेकोे कोषका अध्यक्ष फेवदेनले बताए ।

बाटोघाटोमा चौतारी बनाएर पैसा खर्च गर्नुभन्दा निम्न आय भएका अनुशासित र जेहेन्दार विद्यार्थीको पढाईमा हौसला मिल्ने सामाजिक कार्य गर्नु नै उचित हुने पृथ्वी माध्यमिक बिधालयका प्रधान अध्यापक ॠषिराम गजुरेलले बताएका थिए । उक्त कार्यक्रममा गाउपालिकाका अध्यक्ष बमप्रसाद लावती उपाध्यक्ष महेन्द्र बहादुर खड्का , यासोक क्यापस प्रमुख कर्ण लावती लगायत शिक्षक विद्यार्थी तथा अबिवाहक र नागरिक समाजको पनि उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित खवर