‘दीगो रोजगारको लागि सीप विकास परियोजना’को समापन - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘दीगो रोजगारको लागि सीप विकास परियोजना’को समापन

इलाम । इलाममा सञ्चालित ‘दीगो रोजगारको लागि सीप विकास परियोजना’को समापन कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार इलाममा सरोकारवालाहरुबीच एक कार्यक्रम गरी बेरोजगार तथा रोजगारमा नवप्रवेशी युवाहरुलाई सीप विकास तालिम मार्फत दक्ष जनशक्तिको रुपमा तयार गरि दीगो रोजगारको सिर्जना गर्ने उद्देश्यले सञ्चालित ‘दीगो रोजगारको लागि सीप विकास परियोजना’को समापन गरीएको थियो ।

युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सीलको कोष व्यवस्थापन तथा दक्षता कार्यक्रम १५ महिना इलाम उद्योग वाणिज्य संघले संचालन गरको थियो ।

परियोजनाबाट ३ सय २० जना प्राविधिक शिक्षाको पाठ्यक्रमको मापदण्डमा तयार भएका छन् । ती जनशक्तिहरु होटल तथा आतिथ्यता व्यवस्थापनको क्षेत्रमा आवश्यक पर्ने ‘रुम एटेन्डेन्ट’, ‘होटल एसिस्टेन्ट’, ‘वेटररवेट्रेस’, ‘जेनरल कुक’, ‘कन्टिनेन्टल कुक’, ‘हाउस किपिङ’, ‘क्लिनर’, ‘रिसेप्सनिस्ट कम क्यासियर’, ‘जेनरल कुक’ तयारी भएको इलाम उद्योग बाणीज्य संघका अध्यक्ष इश्वर चिपालुले जानकारी दिए ।

समापन कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगर प्रमुख केदार थापा, उपप्रमुख विष्णु दाहाल लिम्बु, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, पुर्व उद्योग बाणीज्य संघका अध्यक्ष हिमालय कर्माचार्य लगायतका वक्ताले दक्ष जनशक्तिले उद्यमशीलता विकास गरी आफै सक्षम बन्नुपर्ने सुझाव राखे ।

सम्बन्धित खवर