तारा एयरको विमान मुस्ताङको थासाङ २ मा फेला, शव संकलन कार्य हुदै - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तारा एयरको विमान मुस्ताङको थासाङ २ मा फेला, शव संकलन कार्य हुदै

माङसेबुङ । हिजोदेखि बेपत्ता पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ ।

मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले जानकारी दिए ।

दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।

सम्बन्धित खवर