आईपीएलको उपाधि नवप्रवेशी टोली गुजरात टाइटन्सलाई - Mangsebung News
  • मङ्गलबार, चैत ०६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएलको उपाधि नवप्रवेशी टोली गुजरात टाइटन्सलाई

माङसेबुङ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि नवप्रवेशी टोली गुजरात टाइटन्सले चुमेको छ ।

अहमदाबादमा आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि चुमेको हो ।

यसै सिजनबाट आईपीएल खेल्न थालेको गुजरातले पहिलो सहभागितामै उपाधि जितेको हो ।

राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको जितमा सुबमन गिलले अविजित रहदै सर्वाधिक ४५ रन बनाउदा कप्तान हार्दिक पान्डय ३४ रनमा आउट भए । डेभिड मिलर ३२ रनमा अविजित रहदा म्याथ्यु वेड ८ र रिद्धिमान शाह ५ रनमा आउट भए ।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

सम्बन्धित खवर