आत्मानन्द मार्गको कालोपत्रे निर्माण कार्य शुभारम्भ - Mangsebung News
  • शुक्रबार, साउन ०३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द मार्गको कालोपत्रे निर्माण कार्य शुभारम्भ

माङसेबुङ । माई ७ लक्ष्मी बाँधदेखि माङसेबुङ गुरूआश्रम दायाँ हुदै फाल्गुनन्द सडक जोड्ने आत्मानन्द मार्ग कालोपत्रे सडकको शुक्रबार निर्माण कार्य शुभारम्भ भएको छ ।

शुक्रबार महमाईकी जेष्ठ स्वास्थ्य सेविका चन्द्रकला दहाल र माई ७ का वडाध्यक्ष बुद्धि खनालले उक्त सडकको शिलन्यास गर्दै निर्माणको औपचारिक शुरुवात गरेका हुन् ।

गत बर्ष केपी ओली प्रधानमन्त्री रहँदा शिलन्यास गरेको १ सय ६५ संघिय निर्बाचन क्षेत्र सडक अन्तरगतको इलाम २ को सडक निर्माण कार्य शुरु भएको हो ।

लक्ष्मीवाँधबाट माङसेबुङ सम्मको १८ किलोमिटर कालो पत्रे बन्ने डिपिआर बमोजिम सडक निर्माण शिलन्यास गरिएको माई ७ का वडाध्यक्ष बुद्धि खनालले बताए ।

आगामी २ बर्षमा सम्पन्न गर्ने गरी हिम्दुङ एण्ड थोकर कम्पनी र भट्टराई जेबिले सडक निर्माणको ठेक्का पारेको कालोपत्रे सडक सडक निर्माणको लागत ४० करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित खवर