- आन्छुमे नसान
माङसेबुङ । पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङद्वारा निर्देशित पालाम ‘आनिङ्वा–३’ सार्वजनिक गरिएको छ ।
गायीका गंगा फियाक लिम्बू र गायक शम्भु फोम्बो लिम्बूको मनछुने आवाजमा सजिएको पालाम ‘आनिङ्वा–३’ ललितपुर नखिपोट स्थित एन. एस. सेकुवा हाउसमा एक कार्यक्रमविच सार्वजनिक गरिएको हो ।
किरात याक्थुङ चुम्लुङ हङकङ का पुर्व अध्यक्ष तथा मोडल, व्यवसायी त्रिभुवन लुम्फुङ्वाको प्रमुख आतिथ्यमा गितकार, कलाकर यासेली योङ्हाङ, लेखक राजनीतिकर्मी सागर केरुङ, गायक तथा संगीतकार दिलिप फुरुम्बो लगायतको उपस्थितिमा विमोचन गरिएको पालाम शम्भू फोम्बो लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
दिप केरुङ, राधा फोम्बो, शम्भु फोम्बो, सरिता निङ्लेकु, बिनु लिम्बू लगायतको अभिनय रहेको पालाममा सोम मगरातीको मेकअप, इशाक जबेगु र धिरेन तुम्बापो को छायाँकन तथा इशाक जवेगुकै सम्पादन रहेको छ ।
जितमान थलङको शब्द तथा राधा फोम्बोको लय संकलन रहेको पालामलाई टेकेन्द्र याक्सोले संगीत संयोजन गरेका हुन् ।
दिपा सुहाङ र शिव सम्बाहाम्फेले समेत आवाजमा साथ दिएको पालामलाई सुरेश राईले किङ स्टुडियोमा रेकर्ड गरेका हुन ।
फक्ताङ्लुङ सांस्कृतिक मञ्चको आयोजनामा फक्ताङ्लुङ सयङका अध्यक्ष, गायक तथा संगीतकार यादन सेर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव कञ्चन थलङले गरेका थिए ।
पालाम हेर्नुहोस…