रतुवा खोलाको बाढीका कारण दमक ७ का १३ घर विस्थापित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रतुवा खोलाको बाढीका कारण दमक ७ का १३ घर विस्थापित

दमक । लगातार बर्षाका कारण रतुवा खोलामा आएको बाढीले १३ घर परिवार बिस्थापित भएका छन् ।

झापाको दमक ७ रेडक्रस पूर्व खोलाधारमा बसोबास गर्ने १३ घर परिवार विस्थापित भएका हुन् ।

रतुवा खोलामा निरन्तर आएको बाढीसंगै दमक ७ रेडक्रस पूर्व तीव्र कटान बनाएपछि १३ परिवार बिस्थापित भएको वडाध्यक्ष भिम पौडेलले बताए ।

बिस्थापित हुनेमा खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, बिमल किस्कू, राजेश किस्कू, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दिपक गुरुङ् रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कटान परेका परिवारलाई गएरातिनै नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

यसैगरि सोही खोलामा बाढी आउदा गौरादह ६ स्थित टंगुवा बस्तीमा पनि करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको र बस्तीमा २ फिट जति पानी पसेको तर क्षति भने नभएको डिएसपी पाठकले बताए ।

सम्बन्धित खवर