माङ्सेबुङ सहकारीद्वारा कृषकलाई चापकटर मेसिन वितरण - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङ सहकारीद्वारा कृषकलाई चापकटर मेसिन वितरण

माङसेबुङ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग इकाई विराटनगरको साझेदारी लगानीमा माङ्सेबुङ कृषि बहुउद्देश्यीय सहकारी सस्थाले २० जना कृषकहरुलाई चापकटर मेसिन वितरण गरेको छ ।

इलामको माङ्सेबुङ–५ मा रहेको माङ्सेबुङ सहकारीले मंगलबार संस्थामा आबद्ध कृषक सेयर सदस्यहरुलाईखसहकारी संस्थाको कार्यालयमा ३ लाख ३२ हजार रुपैयाँ बराबरको चापकटर (Grass Cutter) मेसिन बितरण गरेकोे हो ।

संस्थाका पदाधिकारी लगायत सदस्यहरुको उपस्थितिमा आयोजित एक कार्यक्रमविच ंअध्यक्ष राजेन्द्र बिक्रम खजुमले मेसिन बितरण गरेका सहकारीका ब्यवस्थापक चनबहादुर सेर्मा लिम्बुले बताए ।

सम्बन्धित खवर