इलामको माङसेबुङमा जिप दुर्घटना हुँदा एक दाम्पती सहित ३ को मृत्यु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङमा जिप दुर्घटना हुँदा एक दाम्पती सहित ३ को मृत्यु


माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका २ दहगाउँमा बोलेरो जिप दुर्घटना हुँदा एक दाम्पती सहित ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ पाङतुवाका ६५ वर्षीय हिमाल प्रसाद लावती, उनका श्रीमती ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय प्रकाश राई रहेको प्रहरीले जनाएको छ ।

आइतबार विहान १०ः३० बजे पाँचथरको मिक्लाजुङ ५, पाङतुवाबाट झापाको दमकतर्प झर्दै गरेको मे १ ज ४८७ नं. को बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल झरेको थियो ।

दुर्घटनामा परी हिमाल प्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारका लागि दमक अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

चालक सामान्य घाईते भएको लर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर