माङसेबुङ । आगामी असोज १ देखि ३ गतेसम्म किरात राई यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ ।
गत असार ११ गते बसेको यायोक्खाको बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो ।
महाधिवेशनका लागि यायोक्खाका अध्यक्ष दिवस राईको संयोजकत्वमा ६१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । यस्तै विभिन्न १३ वटा उपसमितिहरु पनि गठन गरेको छ ।
यायोक्खाले प्रदेश नं १ लाई किरात प्रदेश नामकरण गराउनका लागि दबाब सिर्जन गर्ने निर्णय पनि गरेको अध्यक्ष राईले जानकारी दिए ।
बैठकले यायोक्खाको ३५औं स्थापना दिवस आगामी साउन २२ गते काठमाडौंमा मनाउने समेत निर्णय गरेको छ ।