इलाममा सवारी दुर्घटना हुँदा १३ यात्रु घाइते - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा सवारी दुर्घटना हुँदा १३ यात्रु घाइते

इलाम । इलाम नगरपालिका १ मिलगोलाईमा सवारी दुर्घटना हुँदा एक बालिका सहित १३ जना यात्रु घाइते भएका छन् ।

ताप्लेजुङको थुम्बेदिनबाट झापा तर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप मेची राजमार्गको इलाम–नेपालटार सडक खण्डमा दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा गाडी चालक इलाम नगरपालिका २ सुम्बेकका चुडामणी घिमिरे सहित ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका ५ का २१ वर्षिय मनिशा तामाङ, सोहि गाउँपालिका ५ का २४ वर्षिय लोकेन्द्र शिलवाल, ताप्लेजुङ फुङ्लिङ नगरपालिका ६ बस्ने वर्ष ३० का निमा खतिवडा तामाङ घाइते भएका छन् ।

यसैगरि झापा मेचीनगर नगरपालिका ९ बस्ने २२ वर्षिय दिवना राई, उनकी १० महिनाकी छोरीरियन्सा राई, झापा मेची नगर ९ की २२ वर्षिय मञ्जली राई, भद्रपुर नगरपालिका ३ बस्ने ५३ वर्षिय इन्द्रबहादुर कार्की, भद्रवपुर ३ कै ५६ वर्षिय जीतबहादुर थेवे पाँचथर फालेलुङ गाउँपालिका १ का ३० वर्षिय अप्सरा कोइराला, पाँचथर याङबरक ५ का ५१ वर्षिय प्रेम तामाङ, याङबरक ६ का २३ वर्षिय दिपेन्द्र कोइराला र भोजपुर पौवादुङमा गाउँपालिका श्यामशिलाका २७ वर्षिय सुरेन्द्र राई घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

चालक घिमिरे सहित डिवन, मञ्जिला र जितबहादुरको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको बताइएको छ । गम्भीर घाइतेहरु सबैलाई इलाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापा तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

ओरालो बाटो र घुम्तीमा ट्रनिङ काट्न नसकेर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धनमा खुलेको छ ।

सम्बन्धित खवर