माङ्सेबुङ । इलामको माङसेबुङमा शुद्ध दुग्ध उत्पादनका लागि उन्नत जातको गाई पालन सम्बन्धी अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार श्री सरस्वती मा.बि.को हलमा माङ्सेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा सो अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
माङ्सेबुङ ५ ईलाम र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग ईकाई विराटनगरको साझेदारी लगानीमा संचालित उपआयोजनाको अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रममा माङ्सेबुङ गाँपालिका वडा नं ५ का वडा सचीव सुनिल सेर्मा, नेपाली कङग्रेसका प्रतिनिधि धड्कन सङबाङफे, नेकपा माओबादी केन्द्रकाका प्रतिनिधि बिकेन्द्र योङहाङ, राष्ट्रिय जामुक्ति पार्टीका प्रतिनिधि राज बहादुर फुरुम्बो, अगमसिं लावतीको उपस्थिति रहेको थियो ।
यसैगरि कार्यक्रममा संस्थाका पदाधिकारी, सरोकारवाला, संचारकर्मी लगायत उपआयोजनामा संलग्न कृषकहरुको सहभागितामा सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष एवं आयोजनाका संयोजक राजेन्द्र बिक्रम खजुमको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो ।