दमकमा कौसी खेती तालिम सुरु - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा कौसी खेती तालिम सुरु


दमक । झापाको दमकमा ३ दिने कौसी खेती तालिम सुरु भएको छ ।

दमक नगरपालिकाको वातावरण समितिको आयोजनामा आइतबारदेखि सो तालिम सुरु भएको हो । दमक नगरपालिकाको आर्थिक लगानीमा आयोजित ३ दिने तालिमलाई रामकुमार राईले सहजीकरण गर्दैछन् ।

नरपालिकाको कौसी खेती तथा हरियाली प्रबद्र्धन कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको वातावरण समिति संयोजक एवम् दमक वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर थापाले बताए ।

तालिममा नगरका विभिन्न टोलहरुबाट सहभागी रहेका बताइएको छ । तालिम उद्घाटनमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईंलगायतले बोलेका थिए ।

वक्ताहरुले सानो ठाउँमै पनि मेहनत गरेर तरकारी उत्पादन गर्दा घर परिवारका लागि तरकारी किन्न नपर्ने, विषाधिरहित तरकारी खान पाइने र घरको फोहर मैला व्यवस्थापनमा पनि मद्दत पुग्ने बताएका थिए ।

सहभागीहरुलाई घरमै उत्पादन भएको फोहरबाट मल बनाउने र घरेलु विषादी तयार गर्ने उपकरणहरु पनि प्रदान गरिने नगरपालिका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले जानकारी दिए ।

सम्बन्धित खवर