संखुवासभा मादी हत्याकाण्डका ४ आरोपीलाई आजीवन कारावास - Mangsebung News
  • शनिबार, बैशाख २९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संखुवासभा मादी हत्याकाण्डका ४ आरोपीलाई आजीवन कारावास


चैनपुर । संखुवासभाको मादी नगारपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा संलग्न ४ जनालाई जिल्ला अदालतले आजीवन कारावासको फैसला सुनाएको छ ।

मादी हत्या काण्डमा आरोपी ५ जनामध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो ।

अदालतले हत्यामा संलग्न १७ वर्षीय किशोर नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाई कारावासको फैसला सुनाएको छ ।

जिल्ला न्यायधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार ५ जनालाई कसुरदार ठहर गर्दै उक्त फैसला गरेको अदालतका स्रेस्तेदार केदारप्रसाद गौतमले बताए ।

साथै मृतक परिवारको राहत कोषमा ४ जनाले दुई/दुई लाख रुपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने आदेश भएको उनले बताए ।

गत २०७८ भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपीन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्याको अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरू सबै मृतक तेजबहादुर परिवारकै नातेदारहरू हुन् ।

 

सम्बन्धित खवर