(फाईल तस्विर)
काठमाडौं । राजीनामाको चौतर्फी दबाब बढेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।
अर्थमन्त्री शर्माले आज बुधबार संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन् ।
२०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ ।
बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि उनी थप शंकाको घेरामा परेका थिए ।
मन्त्री शर्मामाथि बजेटबारे अनधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गराएको विषय छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको छ ।