आज नेपालमा जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक - Mangsebung News
  • शुक्रबार, साउन ०३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज नेपालमा जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक

काठमाडौं । सरकारले जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको निधनमा आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले आबेको निधनमा आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । योसँगै शनिबार राष्ट्रिय स्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना हुने छैन ।

सरकारले जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

सरकारले उनको परिवार, जापान सरकार र जापानी जनाताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति श्रद्धाञ्जली अर्पण समेत गरेको छ ।

सम्बन्धित खवर