- पदम सुखी सम्बाहाम्फे
कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको १२ औ गाउँसभा शनिबार पृथ्वी माध्यमिक बिधालयको सभाहलमा सम्पन्न भएको छ ।
गत असार १० गते पारित भएको नीति तथा कार्यक्रमद्वारा बजेट निर्माण भए अनुसार आर्थिक बर्ष ७९÷८० का लागि ३९ करोड ६६ लाख ९८ हजार ५० रुपैयाँ कुल रकम प्रस्तुत गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्काद्वारा प्रस्तुत भएको सो बजेट कार्यक्रममा सङ्घिय शशर्त अनुदान तर्फ ३२ करोड ९७ लाख ८० हजार प्राप्त भएको बताइएको छ ।
यसैगरी राजस्व बाडफाड तर्फ ७ करोड ५५ लाख ८० हजार र वित्तीय समानिकरण अनुदानमा ९ करोड ३ लाख बजेट प्राप्त भएको जनाइएको छ । त्यस्तै शशर्त अनुदान चालू तर्फ १५ करोड ८४ लाख प्राप्त भएको खड्काले बताए ।
सङ्घिय समपुरक अनुदान र पुजिँगतमा ४० लाख साथै शशर्त अनुदान १५ लाख रहेको बताइएको छ । एक नम्बर प्रदेश सरकारबाट १ करोड ५७ लाख २४ हजार बजेट प्राप्त भएको जनाइएको छ । जसमध्ये वितिय समानिकरण अनुदान तर्फ ४७ लाख ४६ हजार शशर्त अनुदान चालू तर्फ ९ लाख ७८ हजार तथा समपुरक अनुदान तर्फ १ करोड बजेट प्राप्त भएको बताइएको छ ।
कुम्मायक गाउँपालिकाले चालू आर्थिक बर्ष ७८÷७९ मा सड्ढलन गरेको राजस्वको प्रत्क्षेपित अनुमान ४५ लाख रहेको छ । चालू आर्थिक बर्ष को संभावित बजेट तथा कार्यक्रमहरुको बिस्लेषणमा ४ करोड ३८ लाख २० हजार रहेको खड्काले बताए ।
यसैगरी गाउपालिकाको वडागत प्राथमिकिकरणमा २२ करोड १८ लाख २० हजार ५० रुपैयाँ रकम बिनियोजन भएको बताएका छन । यश मध्ये चालू तर्फ ९ करोड ८ लाख ४५ हजार तथा पुजीगत तर्फ १२ करोड २४ लाख ७५ हजार र वित्तीय व्यवस्था तर्फ ८५ लाख ५० रुपैयाँ रकम बिनिजन भएको बताइएको छ ।
यश मध्ये वडागत सिमा तर्फ वडा नम्बर १ लाई ६९ लाख वडा नम्बर २ लाई ५८ लाख वडा नम्बर ३ लाई ५६ लाख यसैगरी वडा नम्बर ४ लाई ५२ लाख ५० हजार तथा वडा नम्बर ५ लाई ६४ लाख ५० हजार गरि कुल वडागत रूपमा प्राथमिकरण भइ आएको योजना तर्फ ३ करोड रकम बिनियोजन भएको पनि उपाध्यक्ष खड्काले बताए ।
गाउँपालिकाको पाँच वटै वडाका समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरि कृषि तथा पशुपालन , शिक्षा, स्वास्थ्य र खेलकुद तर्फ बजेट बिनियोजन भएको उल्लेख गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बम प्रसाद लावती प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदी लगायत पाँच वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।