माङसेबुङ । संखुवासभा र तेह्रथुम जिल्लाको संगमस्थल तीनजुरेमा किरात साम्जिक मुन्धुम अनुसार बिश्व शान्ति तथा मानव एकता, समस्त चराचर जगत रक्षार्थको निम्ति लाधुङ्सेमी सेवा सोमबार सपन्न भएको छ ।
सामुहिक रुपमा आयोजना गरिएको सो सेवामा साङ्दाङ्गेन वारुमसावा घनश्याम सावादेन तथा संखुवासभा धर्मदेबी नगरपालिका १ का सादाङ्गेन वारुमसावा हिन्दराज मुसाहाङ, माङ्सेवासावा सन्तकुमार सुक्वाबा, छवि पयाङ्गु, रेवत सावादेन, तोर्णकुमार सेनेहाङ र माङ्सेवासावा खेम सेनेहाङलागायतबाट किरात साम्जिक मुन्धुम बाचन गरेर सेवा सम्पन्न भएको थियो ।
सो अध्यात्मिक कार्यक्रमलाई लालीगुराँस नगरपालिका.९ का किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य तथा जिल्ला भुपु.उप सभापती ललित बहादुर सोदेम्बाले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा संखुवासभा, म्याङ्लुङ तथा लालीगुरास नगरपालिका, मोरङ र सुन्सरी जिल्लाका किरात धर्माबलम्बीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको संयोजन तोर्णकुमार सेनेहाङ र माङसेवा ब्यापस्थापन खेम सेनेहाङले गरेका थिए ।