‘मिस नोवेल नेपाल २०२२’ – केञ्जल योङहाङ - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘मिस नोवेल नेपाल २०२२’ – केञ्जल योङहाङ

सफल कलाकार बनेर समाज सेवा गर्ने सपना बुनेर मोडलिङमा पाइला चालेकी पतिभा हुन केञ्जल योङहाङ लिम्बू । मोडलिङको दुनीयाँमा पाइला मात्र चालिनन् केञ्जलले ‘मिस नोवेल नेपाल २०२२’ को ताज हत्याउन सफल भएकी छन् । किशोरीहरुले सुन्दरता सँगै बौद्धिकताको समेत प्रस्तुतिकरण गरेको हिमालयन मुभिजको आयोजनामा राजधानीमा सम्पन्न ‘मिस नोवेल नेपाल २०२२’ मा केञ्जलले वेस्ट क्याटवाक र वेस्ट ड्रेसको ताज समेत जितेकी छन् ।

भोलि गएर मोडल बन्छु कलाकार बन्छु भनेर कहिल्यै नसोचेको, कहिल्यै इच्छा नजागेको बताउँने केञ्जल प्लस टु पुरा गरेपछि भने हल्का चासो बढ्न थलेको र मोडलिङलाई अलिअलि बुझ्न थालेको बताउँछिन् । केहि म्यूजिक भिडियोहरुमा हल्का फुल्का कामहरु गर्दै जाने क्रममा विस्तारै इच्छा जाग्न थालेको र मोडलिङ प्रवेश गरेको बताउछीन ।

लिम्बू भाषाको गीत ‘आक्खे लरिक’ मा अभिनय गरेर यत्रा सुभारम्भ गरकी केञ्जलले यस पछि भने आधा दर्जन भन्दा बढी म्यूजिक भिडियोहरुमा अभिनय गरेकी छन् । प्रेरणाको रुपमा कोहि नभएको आफैले यस क्षेत्रमा इच्छाएर लागेको बताउने उनको इच्छा इशाक जबेगुले अभिनय गर्न आग्रह गरेपछि पुरा भएको सुनाउँछिन् ।

फिदिम हुँदै हाल काठमाडौंलाई कर्मथलो बनाएर कला र मोडलिङ क्षेत्रमा अघि बढ्दै गरेकी केञ्जल चैत २६ मा पान्थरको हिल्लिहाङ गाउँपालिका ३ मा जन्मेकी लगनशिल अनि मेहेनति प्रतिभा हुन् । अनुशासन र इमानदारीतापुर्वक लागि पर्ने हो भने कलाकारितामा बाँच्न सकिन्छ तर आत्मविश्वास हुनु जरुरी छ भन्छिन केञ्जल । उनी कला क्षेत्रलाई आफैले बुझ्न सक्नु पर्छ, आफ्नो राम्रो पक्षहरुलाई प्रष्फुटन गर्न सक्नु पर्छ अवस्य सफल हुन सकिनेमा विश्वास राख्छिन् ।

पारिवारिक सपोर्ट भएको तर त्यति धेरै नभएको बताउने केञ्जल कलाकारिता क्षेत्रमा मान, सम्मान, इज्यत र प्रतिष्ठा, ताली, गाली, अपमान घृणा सबै रहेको बताउँछिन् । कलाकारिता क्षेत्र गाह्रो क्षेत्र हो बताउने उनी आफुले राम्रो गर्दै गायो भने सबैले मान इज्यत दिन्छ, तर कतै गल्ति गरियो भने सबैले नराम्रो मान्छन् घृणा गर्छन ।

भनिन्छ परिश्रमको फल मिठो हुन्छ । सायद तिनै मिठो फलको आशामा निरन्तर अगाडी बढ्दै गरेकि जो कोहिसँग घुलमिल हुन सक्ने, मन्द मुसका, माधुर्य बोली र कर्म प्रति निष्ठावान केञ्जल योङहाङ युवा पुस्तमाझ लोकप्रिय बन्दै गईरहेकी छन् ।

प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर