पत्रकार महासंघ झापाद्वारा जनप्रतिनिधि बनेका चार पत्रकारको बिदाई - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकार महासंघ झापाद्वारा जनप्रतिनिधि बनेका चार पत्रकारको बिदाई

बिर्तामोड । विभिन्न पालिकाको जनप्रतिनिधिमा निर्वाचित चार जना आफ्ना सदस्यहरुलाई नेपाल पत्रकार महासंघ झापा शाखाले सम्मानसहित बिदाई गरेको छ ।

बिर्तामोडमा आयोजित एक समारोहका बीच शनिबार जनप्रतिनिधिमा निर्वाचित पत्रकारहरुलाई सम्मानसहित झापा शाखाले बिदाई गरेको हो ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा पत्रकार महासंघ झापाको कार्यसमिति सदस्यसमेत रहेका अनिल वाग्लेसहित साधारण सदस्यहरु अग्निप्रसाद कोइराला, सुशन राई र उमेश राउतलाई सम्मानपत्र, खादा र माला ओडाएर सम्मान र बिदाई गरिएको थियो ।

वाग्ले बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष, कोइराला कमल गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्ष, राई माङ्सेबुङ गाउँपालिका इलामको कार्यपालिका सदस्य र राउत बिर्तामोड वडा नम्बर ४ को वडा सदस्यमा निर्वाचित भएका हुन् ।

 

सम्बन्धित खवर