लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा नतिजा सार्वजनिक - Mangsebung News
  • शुक्रबार, साउन ०३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा नतिजा सार्वजनिक

  • योगेश लावती

माङसेबुङ । लिम्बू भाषा उच्च माध्यमिक परिषदले कक्षा ११ र १२ को परिक्षा नतिजा सार्वजनिक गरेको छ ।

सोमबार शैक्षिक सत्र २०७८ को लिम्बू भाषाको कक्षा ११ र १२ को नतिजा सार्वजनिक गरिएको लिम्बू भाषा शिक्षा परिषदको परीक्षा नियन्त्रण बोर्डले जनाएको छ ।

यस बर्ष पूर्वको इलाम, पाँचथर र ताप्लेजुङमा लिम्बू भाषाको परिक्षा भएको थियोे । पाँचथर पृथ्वी माबि यासोक, खलंगाटार मा.बि याङनाम, सत्यहाङमा मा.बि., इम्बुङ ताप्लेजुङको सेवा मा.बि. फक्ताङलुङ गाउँपालिका र इलामको सरस्वती मा.बि. माङ्सेबुङ केन्द्रमा परीक्षा सम्पन्न भएको थियो ।

लिम्बू भाषा कक्षा १२ को नियमित, आंशिक, प्राइभेट र कक्षा ११ को नियमित, आंशिक, प्राइभेट परिक्षाको सिम्बोल नम्बर सहित नतिजा प्रकाशन भएको सत्यहाङमा माबि कक्षा ११ र १२ का लिम्बू भाषाको सहजकर्ता शेरबहादुर लिम्बुले जनाए ।

सम्बन्धित खवर