कियाचु र संघर्ष समितिद्वारा मुक्कुमलुङमा केवलकार नबनाउन माग - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु र संघर्ष समितिद्वारा मुक्कुमलुङमा केवलकार नबनाउन माग

ताप्लेजुङ । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति ताप्लेजुङ र मुक्कुमलुङ संघर्ष समिति ताप्लेजुङले मुक्कुमलुङ (पाथीभरा)मा केवलकार नबनाउन माग गरेको छ ।

नेपाल पत्रकार महासंघ ताप्लेजुङको सभाहलमा मंगलबार पत्रकार सम्मेलन गर्दै कियाचु ताप्लेजुङ र संघर्ष समितिले सो माग गरेको हो ।

फुङ्लिङ नगरपालिकाले केवलकार निर्माण कम्पनी को कार्यअवधि म्याद थपगरि नवीकरण गरेकोे प्रति गम्भीर आपत्ति रहेको पत्रकार सम्मेलनमा जनाएको छ ।

याक्थुङ लिम्बुहरुको पबित्र मुन्धुमि स्थल मुक्कुमलुङ परिसरमा एउटा प्राइभेट कम्पनीले नितान्त ब्याक्तीगत र ब्यापारीक फाइदाको लागि क्ष्ीइ ज्ञटढ र आदिवासीहरुको भुमि प्रतिको अधिकारको हितबिपरित पर्यावरणिय असर पर्नेगरि स्थानीय सरोकारवालाहरुसंग छलफल नगरि प्रारम्भिक कार्यहरू अघि बढाएको प्रति गम्भीर ध्यानाकर्षण गराउदै चरणबद्ध आन्दोलन गरि अघि बढ्ने र यसबाट हुने सम्पुर्ण क्षतिको जिम्मेवार स्वयम् नगर सरकार हुनुपर्ने छ । चुम्लुङद्वारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कियाचु ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङवोले हाम्रो मागप्रति कुनै सुनुवाई नगरी काम भए आफूहरू सशक्त प्रतिवादमा उत्रने बताएकी छन् ।

गत असार २९ गतेको कार्यपालिका बैठकले केवलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो भने भोलिपल्ट असार ३० गते पाथीभरा माता केवलकार कम्पनीको म्याद थप गरिएको थियो ।

संघर्ष समितिले राखेका मुख्य मागहरु

१, धार्मिक स्थल पाथीभरालाई मौलिक, ऐतिहासिक, पौराणिक दृष्टीले मुन्धुमी नाम मुकुम्लुङ राखिनुपर्ने ।

२, नेपाल सरकारले पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेज गरी स्थानीय रैथाने आदिवासी अधिकारवालाहरूको सहमति, नेतृत्व र संलग्नतामा मुकुम्लुङ क्षेत्र विकास समिति गठन गनुपर्ने ।

३, सरकारले मुकुम्लुङ क्षेत्रमा कुनै पनि निर्माण कार्यका लागि कम्पनीसँग गरेको सम्झौता खारेज गनुपर्ने ।

४, रैथाने याक्थुङ लिम्बूहरुको सांस्कृतिक र मुन्धुमी आधारमा मुकुम्लुङको विकास, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने ।

सम्बन्धित खवर