फेरि भाका स¥यो, एसइईको नतिजा साउन दोस्रो हप्ता - Mangsebung News
  • शुक्रबार, साउन ०३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फेरि भाका स¥यो, एसइईको नतिजा साउन दोस्रो हप्ता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा साउन दोस्रो हप्ता प्रकाशित गर्ने जनाएको छ । बोर्डले यसअघि असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताएको थियो ।

बोर्डले यसैगरि सबै प्रक्रिया पूरा नभएको भन्दै साउन पहिलो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने भाका समेत राखेको थियो ।

तर अहिले आएर हतारिएर गल्ती हुन सक्छ, त्यही भएर कुनै गल्ती नदोहोरियोस् भनी साउन दोस्रो हप्ता नतिजा प्रकाशित गर्ने बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए ।

एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो । बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन् ।

सम्बन्धित खवर