प्रदेश १ को नाम ‘लिम्बुवान, किरात’ राख्न विराटनगरमा बृहत जनप्रदर्शन(फोटो फिचर सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ को नाम ‘लिम्बुवान, किरात’ राख्न विराटनगरमा बृहत जनप्रदर्शन(फोटो फिचर सहित)

विराटनगर । प्रदेश १ को नाम ‘लिम्बुवान, किरात’ राखिनु पर्ने मागसहित विराटनगरमा बृहत जनप्रदर्शन गरिएको छ ।

विहिबार विभिन्न ३४ वटा राजनीतिक, समाजिक संघ संगठनहरु आवद्ध लिम्बुवान किरात संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेश १ को नामकरण ‘लिम्बुवान, किरात’ राख्न दबाब दिन बृहत जनप्रदर्शन गरेका हुन् ।

प्रदेशका विभिन्न जिल्लाबाट प्रदेश १ को राजधानी विराटनगरमा आएका संयुक्त संघर्ष समितिले प्रदेशको नाम ‘लिम्बुवान, किरात’ राख्न पर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राइलार्ई ज्ञापनपत्र बुझाएका थिए ।

‘लिम्बुवान किरात’ले नै प्रदेशको सभ्यता, साँस्कृतिक, मौलिकतालाई बोध गराउने भएकाले यसै अधिवेशनबाट नाम टुंगो लगाउनु पर्ने संयुक्त संघर्ष समितिको माग रहेको छ ।

प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न दबाब दिन जनप्रदर्शनमा सहभागी हुन पहिचानवादी दल तथा संघसंस्थामा आवद्ध संगठनका हजारौं कार्यकर्ता विराटनगर पुगेका थिए ।

जनप्रदर्शनलाई कियाचु संघीय अध्यक्ष प्रेम येक्तेन, जसपा नेता रकम चेम्जोङ सलोराम अध्यक्ष कुमार लिङ्देन जसपा लिम्बुवान सम्बद्ध खगेन्द्र माखिम, माओवादी केन्द्र मुक्साम मेन्याङ्बो, प्रेमदीप थाम्सुहाङ लगायत शीर्ष नेताले सम्बोधन गरेका थिए ।

तस्विर : सागर सरगम चेम्जोङ

सम्बन्धित खवर