मेची–काली आवाज अब अनलाईनमा पनि - Mangsebung News
  • शुक्रबार, साउन ०३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेची–काली आवाज अब अनलाईनमा पनि

  • खनाल बिन्दु

काठमाडौ । नेकपा(माओबादी केन्द्र) सम्पर्क समन्वय विशेष प्रदेश समिति अन्तर्गत गठित प्रचार तथा प्रकाशन समितिको प्रथम पूर्ण बैठक प्रमुख सुनिता रोकायको अध्यक्षतमा प्रदेश सम्पर्क समन्वय समितिको कार्यालय कोटेश्वरमा सम्पन्न भएको छ ।

प्रदेश सम्पर्क कमिटीका ईञ्चार्ज डिलाराम आचार्य र अध्यक्ष श्री कृष्ण अधिकारी(बिवेक) को उपस्थितिमा सम्पन्न बैठकले सम्पर्क प्रदेश कमिटीको मुखपत्र मेचीकाली आवाजको प्रकाशनलाई निरन्तरता दिँदै असोज भित्र प्रकाशित गर्ने कार्ययोजनाका साथ उपप्रमुख पदमबहादुर बिश्वकर्माको संयोजनमा पुष्पराज भट्टराई, रेवतिराज त्रिपाठी, शिव श्रेष्ठ र बिन्देश्वर खनाल सदस्य रहेको सम्पादन मण्डल र प्रमुख सुनिता रोकायको संयोजनमा श्रीधर खनाल, पूर्ण कार्की, तारा दत्त र सैलेन्द्र यादव रहेको व्यवस्थापन समिति गठन गरेको छ ।

आफू सम्वद्ध मिडियाहरुमा पार्टीका समाचारहरुलाई प्राथमिकतासाथ प्रकाशित गर्न पहल गर्ने निर्णय सहित बैठकले मेचीकाली आवाज समाचार प्रधान अनलाईन प्रकाशन गर्न डिवी पराजुली, लक्ष्मणबहादुर शाही, श्रीधर खनाल, मनिषा श्रेष्ठ, अम्बिका भट्ट रहेको सोसियल मिडिया व्यवस्थापन तथा संयोजन समिति समेत गठन गरेको छ ।

बिभागको कार्यलय तथा दैनिक काम र सूचना सम्प्रेषणको लागि पुष्पराज भट्टराईलाई सचिवको जिम्मेवारी दिने, समितिहरुको बैठक बसि बिस्तृत कार्य तालिका बनाई काम अघि वढाउने र आईटि बिभागसँगको समन्वयमा प्रचार प्रसार र प्रकाशनका कामलाई ब्यवस्थित गर्ने निर्णय समेत गरेको छ । ईञ्चार्ज आचार्य र अध्यक्ष अधिकारीले निर्देशनात्मक मन्तव्य दिनु भएको बैठकले आगामी साउन १४ गतेको सैध्दान्तिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमको प्रचार तथा सूचना पुर्याउन सक्रियतासाथ लाग्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित खवर