‘याक्थुङ आइडल’ याक्थुङ गीत संगीत माया गर्नेहरुको मञ्च हो : नियारा सुव्वा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘याक्थुङ आइडल’ याक्थुङ गीत संगीत माया गर्नेहरुको मञ्च हो : नियारा सुव्वा

  • आन्छुमे नसान

दमक । ‘याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र फाईनलिष्टहरुको साथमा साँगितिक टुरको क्रममा सिक्किम बाहिर पहिलो पटक झापाको दमकमा आईपुगेको ‘याक्थुङ आइडल’ आयोजक तथा नियारा प्रडक्सनका प्रवन्ध निर्देशक नियारा सुव्वाले बताईन ।

छिमेकी राष्ट्र भारतको सिक्किममा रहेको नियारा प्रडक्सनको आयोजनामा सम्पन्न ‘याक्थुङ आइडल २०२१ सिजन १’का बिजेता सहित टप ६ फाईनलिष्टहरुको साथमा सम्पन्न साँगीतिक कार्यक्रमको अवसरमा कुराकानीको क्रममा सुव्वले सो कुरा बताएकी हुन् ।

झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा आईतबार समाजसेवी तथा किरात याक्थुङ चुम्लुङ हङकङका पुर्व अध्यक्ष त्रिभूवन लुम्फुङवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कुराकानीकै क्रममा उनले सिजन १ का विजेता र फाईनलिष्टहरुको साँगितिक टुर सकिने बित्तिकै ‘याक्थुङ आइडल सिजन २’ को औपचारिक घोषण गर्ने बताईन ।

‘याक्थुङ आइडल याक्थुङ(लिम्बु) गीत संगीत माया गर्नेहरुको मञ्च हो’ प्रवन्ध निर्देशक सुव्वाले भनिन्, ‘बिश्व भरि छरिएर बसेका याक्थुङ भाषाको गीत संगीतलाई माया गर्ने, मनपराउने जुनसुकै जाती वा भाषिहरुले याक्थुङ आईडलमा सहभागी जनाउन सक्छ ।’ उनले भनिन्, ‘याक्थुङ आईडलमा सहभागी हुन याक्थुङ भाषाको गीत अनिवार्य गाउनु सक्नु प¥यो, चाहे याक्थुङ होस, चाहे राई, गुरुङ मगर खस आर्य अन्यनै किन नहोस याक्थुङ गीत गाउनु प¥यो ।’

नियाराले नेपाली याक्थुङ गीत माया गर्ने कलाकारहरको लागि भापाको दमकमा ‘याक्थुङ आइडल’को अडिसन गर्ने समेत बताईन । उनले बिगत ६ बर्षदेखिनै नियारा प्रडक्सन तयारी गरि याक्थुङहरुको कला, सँस्कृति, भाषा, भेषभूषा, गीत संगीतको संरक्षण सम्वर्दन साथै पचार पसारमा निरन्तर काम गर्दै आएको बताईन ।

आयोजक र गुरु टोली फाउण्डेसनले सिक्क्मिबाट आउनुहने तरेबा तरेमाहरुलाई सम्मान र मायाको चिनो समेत प्रदान गरेको सांगीतिक कार्यक्रममा याक्थुङ आइडल सिजन १ बिजेता पिङकी बेघा, टप ६ फाईनलिष्टहरु आशिष लिम्बू, अन्जना लिम्बू, सन्चमान लिम्बू, सुहाङ लिम्बू, सावन लिम्बू लगायत गायीका स्वस्तिका सावदेन, लक्ष्मी लिम्बु, गायक चोत्लुङहाङ केदेम, दिलिप माखिम र राजन बेघाले साँगितिक प्रस्तुति दिएका थिए ।

कलाकार तथा समाजसेवी त्रिभुवन लुङ्फुङ्वा, याक्थुङ मुनचइत चोक सयङका केन्द्रीय महासचिव बिक्रम फागो वनेम र याक्थुङ लेखक संघ केन्द्रिय कोषाध्यक्ष साङसेन पन्धाक र सिक्किमका तरेबा भिम सुव्वा लगायतले शुभकामना मन्तव्य रखेको कार्यक्रममा लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकका कुलपति सेसेमी से नाल्बो, भेषभूषा खोज अन्वेशक तथा वरिष्ठ कलाकार निर्देशक राजकुमार आङदेम्बे, गायक संगीतकार, गीतकार तथा समाजसेवी प्रकाश सावदेन, लिबि मञ्च झापाका कार्यवहाक अध्यक्ष दिलहाङ सङवाङफे, कलाकार तथा लेखक मिलन लावती, गुरु टोली फाउण्डेसनका अध्यक्ष बिशाल देवान, कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ, लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक प्राज्ञ सचिव/पत्रकार डिल्लीश्वर मुसाहाङ अम्याङ्सा, साहित्यकार/कलाकार रचना लाओती लागायतको उपस्थिति रहेको थियो ।

याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ का कोषाध्यक्ष अनिस लावतीको संयोजन तथा याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ को आयोजनामा सम्पन्न कार्यक्रम मुन्चइतका अध्यक्ष भुपेन्द्र तुम्बाहाङफेको अध्यक्षतामा सहसचिव मिना नेम्बाङले सञ्चालन गरेकी थिईन् ।

‘याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र फाईनलिष्टहरुको साथमा साँगितिक यात्रा यसपछि ताप्लेजुङ र तेह्रथुम सम्मको रहेको अनिस लावतीले बताए ।

 

सम्बन्धित खवर