मनिषा आचार्यको ‘छोरी’ सार्वजनिक - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मनिषा आचार्यको ‘छोरी’ सार्वजनिक

  • खनाल बिन्दु

काठमाडौं । पाँचथर जिल्लाको फिदिम १२ बाट जीवनयात्रा सुरु गरेकी अखिल(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं १ का उपाध्यक्ष मनिषा आचार्यद्वारा लिखित पहिलो कृति ‘छोरी’ उपन्यास हिजो पर्यटन बोर्डको हलबाट सार्वजनिक भएको छ ।

अखिल(क्रान्तिकारी) केन्द्रीय कमिटीको आयोजनामा भएको बिमोचन कार्यक्रमका बीचमा उक्त कृतिको माओबादी नेतृ उर्जा, जलस्रोत र सिंचाई मन्त्री पम्फा भुषाल, क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, समालोचक सन्तोष परियार, सञ्चारिका समुहकी अध्यक्ष तथा साहित्यकार बिमला तुम्खेवा लगायतले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको थियो ।

महिलामाथि भएका अनेक उत्पीडन, विभेद र उनीहरुका संघर्षसँग जोडिएका सम्वेदना, सहानुभूति, काहाली लाग्दा उथुलपुथुल, प्रेरणा र हौसलाको आश्चर्य जनक जम्काभेटलाई कलात्मक ढंगले समेटिएको २ सय ८५ पृष्ठको छोरी उपन्यासलाई शंखमुल काठमाडौंको लाइफ रिसर्च एण्ड पव्लिकेशन प्रा.लि.ले प्रकाशित गरेर पाठक सामु ल्याएको हो ।

अध्यक्ष पञ्चा सिंहको अध्यक्षतामा सम्पन्न बिमोचन कार्यक्रम सबै वक्ताले लेखिका आचार्यलाई समाजमा दविएका आवाजहरु र गुम्सिएका पीडालाई सुन्दर शब्द सहित बाहिर ल्याएकोमा सम्मान गर्दै आगामी लेखनयात्रा निरन्तरताको कामना र अझ परिस्कृत कृतिको अपेक्षा समेत गरेका थिए ।

लेखिका आचार्यको छोरी उपन्यास म सहित अधिकाँशको भोगाई रहेको मन्त्री भुषालले बताईन । यस्तै समालोचक परियारले उपन्यासमा चित्रित पीडा पचास प्रतिशत लेखिकाकै भोगाई हुनु पर्छ भनेका छन् ।

आफ्नो पहिलो कृतिको सार्वजनिक करण कार्यक्रममा उपस्थित भएर आफूलाई अझ हौसला र उत्साह दिनु हुने उपस्थित सबैलाई लेखिका आचार्यले आभार तथा धन्यबाद दिएकी थिईन ।

सम्बन्धित खवर