दलका नेतासँग प्रदेश नामकरणका लागि दबाव समितिको भेटघाट तिब्र - Mangsebung News
  • शनिबार, साउन ०४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दलका नेतासँग प्रदेश नामकरणका लागि दबाव समितिको भेटघाट तिब्र

माङसेबुङ । प्रदेश नं. १ को नाम पहिचानको आधारमा ‘किरात सगरमाथा’ प्रदेश नामाकरण गर्न, गराउन शान्तिपूर्ण नैतिक दवाव समितिले राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट कार्यक्रम अघि सारेको छ ।

शुक्रबार नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुबास नेम्बाङसँग झापाको बिर्तामोडमा दबाब समितिका प्रतिनिधिहरुले भेटघाट गरेको हो । सो भेटमा किरात धार्मिक पर्यटकीय स्थल माङसेबुङको विकासकाबारेमा पनि छलफल भएको जनाएको छ ।

प्रदेश नं. १ लाई ‘किरात सगरमाथा’ प्रदेश नामाकरणको लागि विभिन्न जिल्लाहरुमा विभिन्न जातीय संघ संस्थाहरुसँग छलफल जारी रहेको जनाइएको छ ।

यसरीनै राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने, ज्ञापन पत्र बुझाउने र लबिङ गर्ने कार्य तिब्र गतिमा भइरहेको दबाब समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

पछिल्लो समय प्रदेश नामाकरणको मुद्दा पेचिलो रूपमा उठिरहेको छ । पहिचानको आधारमा नामाकरण राख्नुपर्ने माग गर्दै किरात याक्थुङ चुम्लुङको समन्वयमा विभिन्न ३५ वटा पहिचान सम्मीलित लिम्बुवान किरात संयुक्त संघर्ष समितिले लिम्बुवान, किरात प्रदेश नामाकरण गर्नुपर्ने माग गर्दै निरन्तर आन्दोलनरत छ । यसका लागि आन्दोलनको रुपमा जन प्रदर्शन , धर्ना जस्ता कार्यक्रम गर्दै आइरहेको छ ।

यस्तै किरात राई यायोक्खाले पनि पहिचानको आधारमा ‘किरात प्रदेश’ नामाकरण गर्नुपर्ने माग गर्दै र्याली ,धर्ना र प्रदर्शन गर्दै आइरहेको छ ।

सम्बन्धित खवर